८ मंसिर २०८१, शनिबार / Sat Nov 23, 2024

चिनियाँ रक्षामन्त्री नेपाल आउँदा नेकपााको आन्तरिक विवादलाई बर्काेले छोप्ने तयारी


काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावित केन्द्रीय सचिवालय बैठकको भोलिपल्ट चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने भएकोले उक्त दिनको बैठकलाई सभ्य तथा विवादरहित बनाउन सचिवालय जुटेको छ ।
सचिवालयका एक सदस्यका अनुसार मंसिर १३ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित प्रस्ताव पेश गरिने छ, र त्यसको अध्ययनपछि सम्भवतः मंसिर १५ गते त्यसमा छलफल गरिने छ । प्रस्तावका विवरण सकेसम्म सार्वजनिक नहुन् विदेशी पाहुना नेपालमा छँदा भन्ने चासो सचिवालयमा रहेको पाइएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै पेश गरिसकेको राजनीतिक प्रस्तावमा ओलीमाथि भ्रष्टाचार, आफन्तवाद, अधिनायकवाद आदिको अभियोग लगाइनुका साथै ओलीलाई पद त्यागको लागि आग्रह पनि गरिएको थियो ।
प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिन ओली पक्षले गरेको आग्रहलाई अस्वीकार गरेपछि ओलीले ल्याउन लागेको प्रस्तावमा प्रचण्डविरुद्ध गम्भीर आरोप र अभियोग सामेल गरिने अनुमान गरिएको छ ।
नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छीले पटक–पटक नेकपा एकताका लागि ओली लगायत प्रभावशाली र उपल्लो तहका नेताहरुसँग भेटघाट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि