६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

प्रचण्डको ‘राजनीतिक प्रतिवेदन’ पुस्तक बनाइ वितरण गरेपछि स्थानीय तहसम्मै भाँडभैलो


काठमाडौं । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन अर्का अध्यक्ष केपी शर्मा ओली समूहले दवाब दिइरहेका छन् । तर उक्त प्रतिवेदन प्रकाशित गर्दै सातै प्रदेशका कार्यकर्ताहरुलाई वितरण गर्न थालिएको छ ।
प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र यसअघि पाँच जना सचिवलाय सदस्यले बैठक बोलाउन प्रधानमन्त्रीलाई लेखेको पत्र समेटेर ३२ पृष्ठ भएको पुस्तक प्रकाशित गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले प्रकाशित गरिएको पुस्तक कार्यकर्ताहरुमा वितरण गरिएको हो ।
उक्त पुस्तकको नाम ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ राखिएको छ । पुस्तकमा प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन प्रकाशित गरिएको छ ।
तर प्रधानमन्त्री ओली पक्षधरले भने विवाद स्थानीय तहसम्म पु¥याएको भन्दै आपत्ती जनाउँदै आएका छन् ।
प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए । प्रचण्डको प्रतिवेदनलाई पुस्तकको रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न भन्दै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको घर–घरमा पुर्याइएको छ ।
नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ । बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएपछि नेकपाभित्रको टकराव झन बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि