नेप्से अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं । बिहीबार सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन् । बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ । जुन अंक अहिलेसम्मकै उच्च हो । यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो ।
कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
२०१ कम्पनीको सेयर किनबेच भएको छ । यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो ।