१ मंसिर २०८१, शनिबार / Sat Nov 16, 2024

भारतीय विदेश सचिव फर्कने साथै चिनिया रक्षा मन्त्रीको नेपाल भ्रमण


काठमाडौं – दुई दिने औपचारिक भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गला शुक्रबार स्वदेश फर्किएका थिए । त्यसको एकदिन पछि चिनियाँ रक्षा मन्त्री नेपाल भ्रमणमा आउने भएका हुन् ।
सरकारले चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे नेपालको एक दिने भ्रमणमा आउने औपचारिक जानकारी उनको आगमनको एकदिन पहिले दिएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर चिनियाँ रक्षा मन्त्री वेई आइतबार एक दिने भ्रमणका लागि नेपाल आउने औपचारिक जानकारी दिएको हो ।
आइतबार बिहान काठमाडौँ आउने वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने बताइएको छ ।
यस्तै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ ।
चिनियाँ रक्षा मन्त्री वेई आइतबार बेलुका नै काठमाडौँबाट उड्ने छन् ।
पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि