७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

प्रचण्डलाई ओलीको जवाफी प्रस्ताव पेस, छलफल १६ गते


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको बताइएको छ ।
उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको नेकपाका प्रवक्ताले जानकारी दिएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका थिए ।
दुवै प्रस्तावको अध्ययन गरेर अर्काे बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठकमा पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिइएको बताइएको छ ।
नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि