२७ पुस २०८१, शनिबार / Sat Jan 11, 2025

‘कृषिप्रधान देशमा चार महिनामा साढे नौ अर्बको चामल आयात, लज्जाको विषय !’


काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरेको छ । भन्सार विभागले दिएको तथ्यांकअनुसार गते साउनदेखि कात्तिकसम्म भएको चामलको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो ।
यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन (१९ करोड ८३ लाख किलो) चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो ।
यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसक्यो । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।
अर्थविदहरु चिन्ता मात्रै गरेर बस्ने तर कृषि क्षेत्रमा लगानी नगर्ने सरकार र निजी क्षेत्रको प्रवृत्तिका कारण चामल आयातमा निरन्तर वृद्धि भएको बताउँछन् । लगानी, अनुदान लगायत सुविधा दिएर कृषकलाई प्रोत्साहन नगरेसम्म चामलको आयात उकालो नै लागिरहने अर्थविद्हरु बताउँछन् ।
कृषिप्रधान देश भनिए पनि कृषकले भनेको बेलामा सिंचाई, रासायनिक मल, उपयुक्त बिऊ विजनको अभाव झेलिरहेका छन् । बल्लतल्ल उत्पादन गरेपनि उपयुक्त भाउ र बजारीकरणको अभावले कृषकहरु सधैँ मारमा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि