‘संसद विघटन प्रकरण : राष्ट्रपति चुकिन, सर्वाेच्चको पुग्ला त ध्यान !’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको केही समयमा नै बिना परामर्श संसद विघठन गरेको भनि राष्ट्रपति विद्यादेवी भण्डारीको चौतर्फि आलोचना भईरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहत भएको पूर्वराष्ट्रपति यादवले बताएका छन् ।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ ।’
सरकारको सिफारिस र राष्ट्रपति सदर गर्ने निर्णय राजनीतिक, संवैधानिक र नैतिक रुपमा अमिल्दो रहेको उनले बताए । ‘नेपाली जनताले आशिर्वाद दिएर पु¥याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु,’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’
जनताको सर्वाेच्च निकाय संसदबाटै समस्याहरूको छिनोफानो गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
संसद पुर्नस्थानाको बहस पनि चलिरहेकै छ । यद्यपी प्रधानमन्त्रीले सर्वाेच्च आदालतबाट पनि ग्रिन सिग्नल पाएर नै यस्तो कदम चालेको पनि विश्लेषण भइरहेका छन् ।