‘काभ्रेको बेथानचोकमा नेकपा एक ढिक्का’
बेथानचोक–१ बाट नेकपाका सबै सदस्य एक ढिक्का हुने एक अभियानको सुरुवात
काभ्रे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि केन्द्रीय तहमा फुटेको नेकपाको असर स्थानीय तहसम्म पुगेको छ ।
तर काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा भने नेकपा एक ढिक्का भएको सन्देश त्यहाँ नेकपा नेताहरुले दिएका छन् ।
बेथानचोक गाउँपालिका वडा नं. १, च्याम्राङवेशीबाट गाउँपालिका भरिका नेकपा एक ढिक्का हुने अभियानको सुरुवात भएको बेथानचोकको एक नेताले बताएका छन् । सोमबार बेथानचोक गाउँपालिका वडा नं. १ मा भएको एक कार्यक्रममा नेताहरुले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टि, काभ्रे जिल्ला कमिटि सदस्यहरु मर्दानसिं तामाङ ‘पेमा’, तारा राना तथा नेकपा, बेथानचोकका नेता प्रेम लामा सहित अन्य नेताहरु सहभागि रहेको कार्यक्रममा सबै एकबद्ध भएर एक ढिक्का रहेको सन्देश दिएका हुन् ।
उक्त कार्यक्रममा बेथानचोक १ नं. वडा कमिटि (नेकपा) का अध्यक्ष डण्डप्रसाद दाहालले गाउँमा गुटबन्दी र फुटको कुरा लिएर आउने नेतालाई स्वागत नै नगर्ने बताएका छन् ।
जिल्ला कमिटि सदस्य मर्दानसिंह तामाङ ‘पेमा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको सुरुदेखि नै गद्दार गरेको बताएका छन् ।