हिउँले ढाकियो रारा (हेर्नुहोस फोटो)
मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक रारा हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ ।
तालसँगै वरपरको वन सेताम्मे बनेको छ । घुम्न आएका आन्तरिक पर्यटक, निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवानहरू हिउँ खेलेर रमाउँदै छन् ।