‘नेपालमा नयाँ ऊर्जा मन्त्री आएपछि अघोषित लोडशेडिङ’
काठमाडौं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले अघोषित रूपमा लोडशेडिङ हुने गरेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाण्डौं उपत्यकाको विद्युत प्रणाली सुधारसम्बन्धी विषयमा छलफल भएको थियो ।
तर सोही दिन उपत्यकाका विभिन्न ठाउँमा बत्ती आउनेजाने क्रम देखिएको सामाजिक सञ्जालमा कतिपयले उल्लेख गरेका छन् ।