‘नेकपा फेरि जुट्ने सम्भावना छ !’
काठमाडौं । अधिकांश कार्यकर्ताको ठम्याइमा पार्टी फुटिसकेको छ भन्ने छ ।
तर प्रतिनिधिसभा पुनस्र्थापना भएमा नेकपा फेरि जोडिने सम्भावना पूर्ण अन्त्य नभइसकेको कतिपयको अनुमान छ ।
दुवैतर्फ उपाध्यक्ष वामदेव गौतम त त्यसको प्रयास गर्न भन्दै कुनै पनि खेमामा लागेका छैनन् ।
प्रधानमन्त्री निकट नेता सुवास नेम्वाङ भने एकताप्रति आशावादी हुन सक्छन् ।
आफूहरू पार्टी एकताको पक्षमा उभिएको हुनाले कसैलाई कारबाही नगरेको बताउने नेता नेम्वाङका भनाइमा कानुनी रूपमा पार्टी अझै एक छ ।