२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

‘प्रधानमन्त्री हिटलर नै बन्न खोजेका हुन् !’


Photo/File

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, भाषण शैलीको टिप्पणी अहिले सबै तिर हुँदै आएको छ । तानाशाही बनेको भन्ने आरोप पनि उहाँमाथि लाग्दै आएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि मंगलबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै बार एशोसिएशन नेपालका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली ‘हिटलर’ नै बन्न खोजेको हो भन्ने प्रश्न गरेका छन् । सोमबार पनि बहस गरेका थापाले बहस नटुङ्गिएका कारण मंगलबार पुनः समय पाएका थिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनबारे इजलासलाई दिएको लिखित जवाफमा आफूलाई काम गर्न ‘दुई तिहाई बहुमत’ चाहिएको जिकिर गरेको भन्दै थापाले संसदमा पूर्ण बहुमत रहेको अवस्थामा के काम गर्न नसकेर दुई तिहाई बहुमतको चाहनामा प्रतिनिधिसभा विघटन गरिएको हो भन्ने प्रश्न उठाए ।
‘उहाँ (प्रधानमन्त्री) ले आफूलाई दुई तिहाई बहुमत चाहियो भन्नुभएको छ, प्रतिनिधिसभाले उहाँलाई कुन काम गर्न रोक्यो ? केका लागि उहाँलाई दुई तिहाई चाहिएर प्रतिनिधिसभा विघटन गर्नुभयो ?’ उनले प्रश्न गरे, ‘दुई तिहाई बहुमत लिएर उहाँ हिटलर नै बन्न खोज्नुभएको हो ?’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि