५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

इन्फ्रास्टक्चर बैंकको आइपिओ बाँडफाँड


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम शेयर बाँडफाँड गरिएको बताइएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।
यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर पाउनेहरु पनि छन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको थियो । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि