१९ बैशाख २०८२, शुक्रबार / Fri May 2, 2025

नेपालमा कोभिड खोपको दोस्रो चरण, कसको पालो ?


काठमाडौं । केही साता अघि पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई निःशुल्क कोभिड खोप लगाइएको थियो ।
सोमवारदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवं धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने योजना रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
बैङ्कहरू, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरी सोमवारदेखि खोप लगाउन सुरु गरिएको छ ।
यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ ।
विभिन्न निकायहरूका निम्ति विभिन्न अस्पतालमा खोप केन्द्र तोकेर अभियान सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि