‘खतरनाक छैन नयाँ प्रकारको कोरोना भाइरस !’
काठमाडौं । सङ्क्रमित भइसकेका ठूला संख्याका मानिसहरूलाई तिनीहरूले झन् गम्भीर बिरामी बनाउने कुराको प्रमाण फेला परिसकेको छैन ।
तर सुरूवाती कोरोनाभाइरसको जस्तै ज्येष्ठ नागरिक अथवा गम्भीर स्वास्थ्य समस्या भएका मानिसहरू नयाँ भाइरसको पनि उच्च जोखिममा रहने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
केही अनुसन्धानहरूले औँल्याएअनुसार नयाँ यूके भेरीअन्टले ३० प्रतिशत बढीले मृत्युको जोखिम निम्त्याउन सक्छ ।
यद्यपि यसका लागि बलियो प्रमाण देखिएको छैन र त्यसमसम्बन्धी तथ्याङ्क अझै अनिश्चित छ । थप अध्ययनहरू भइरहेका छन् ।
हात धुने, सामाजिक दूरी कायम राख्ने र मास्क लगाउने कार्यले सङ्क्रमण फैलिनबाट रोक्न सक्छ ।
अर्काे कुरा कोरोना भाइरसका नयाँ प्रकारहरू अझ बढी सङ्क्रामक देखिएकाले थप चनाखो हुन जरुरी छ ।