‘प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने चेतावनी’
काठमाडौं । प्रतिनिधिसभा विघटन यता सडक सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा दिँदै आएका छन् ।
मंगलबार काठमाडौंमा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफूहरूले थालेको आन्दोलनबारे चर्चा गरेका थिए ।
हाल विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको एवं संविधानको मर्म र भावनाअनुरूप उक्त विघटन उल्ट्याइने विश्वास गरेको वरिष्ठ नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसदको तल्लो सदन विघटन गरी बैशाखमा नयाँ निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।