‘संविधानमा जे लेख्या छ, त्यही मात्र हेर्ने हो’
काठमाडौं । संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रम जारी नै छ ।
एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् ।
वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा प¥यो भनेर सडक आन्दोलनमा रहेको बताए । यस्तो स्थितिमा ५ जना (संवैधानिक इजलास)ले निर्णय गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘निर्णय दिँदा के लेख्या छ त्यतिमात्र हेर्नुपर्छ । अन्त हेर्ने होइन । एउटा लेख्या छ अर्काे होला भन्न पाइन्न । जे लेख्या छ त्यही हेर्ने हो ।’
वरिष्ठ अधिवक्ता कार्कीले घुमाउने भाषामा संसद विघटनलाई असंवैधानिक भनेका छन् । ‘संस्था रहृयो भने व्यक्तिमा भएको कमजोरी पनि सच्याउछ । जो हट्न चाहन्छ, विश्वासको संकट पर्छ भने विश्वासको मत लिन जाने हो । जसलाई हटाउन मन लाग्छ अविश्वासको प्रस्ताव ल्याउने हो’ उनले भनेका छन्, ‘संस्था अन्त्य गर्ने होइन ।’