४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

‘संवैधानिक परिषदको बैठक नै दूषित, निणर्हरु बदरभागी छन्’


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूणर् रहेको जिकिर गर्दै उक्त बैठकले गरेका निणर्य बदरभागी रहेको प्रस्ट पारेका छन् ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सोहीअनुरुप सभामुख सापकोटाले अदालतमा लिखित जवाफ पेस गर्दै गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषदको बैठकमा राष्ट्रियसभाका अध्यक्ष उपस्थिति भएको तर बैठकपछि उनले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै उक्त बैठकले कुनै निणर्य नगरेको भनी प्रतिक्रिया जनाएको विषयतर्फ इजलासको ध्यानाकृष्ट गराएका छन् ।
सोही अनुसार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखापत्र र द राइजिङ नेपाल दैनिक पत्रिकामा पुस १ गते समाचार प्रकाशित भएको र उक्त बैठकले कुनै पनि निणर्य नगरेको भनेर तिमिल्सिनाले दिएको अभिव्यक्तिलाई नेपाल टेलिभिजनले समेत प्रसारण गरेको सभामुखको जिकिर छ । उनले मंसिर ३० गतेको बैठकका निणर्य भन्दै पुस ५ मा मात्र विवरण सार्वजनिक भएको तथा परिषदको तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद सचिवालयलाई पुस ५ गते दिउँसो २ः१५ मा मात्र प्राप्त भएको पनि प्रस्ट पारेका छन् । यिनै कारणले उक्त बैठक दूषित र कपटपूणर् रहेको भन्दै सभामुख सापकोटाले संवैधानिक परिषदको निणर्य बदरभागी रहेको दावी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि