‘विप्लव नेतृत्वको नेकपालाई गलाउने सरकारी रणनीति सफल’
काठमाडौं । २०७५ सालदेखि नै प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको नेकपालाई गलाउन सरकार सफल भएको छ ।
पछिल्लो समय नेकपा (नेकपा) भित्र आएको चरम विवादले पनि यो संयोग जुरेको जानकारहरु बताउँछन् । विप्लव नेतृत्वको नेकपाले नयाँ क्रान्ति गर्ने उदघोष गर्दै आएको थियो ।
तर सरकारसँगको केही घण्टाको बैठकले नै उक्त प्रतिबन्धित पार्टी गलेको छ । मुलुकले एक दशक लामो सशस्त्र द्वन्द्वको तीतो अनुभव गरिसकेको पृष्ठभूमिमा पुनः त्यस्तो स्थिति दोहोरिन नदिनु नै बुद्धिमत्ता हुने सुरक्षा मामिलाका जानकारहरूले बताउँदै आएका थिए ।
यसअघि द्वन्द्वमा मारिएका नेपालीकै सन्तान नै थिए नि । सुरक्षाकर्मीका रूपमा मारिएका नेपालीकै सन्तान थिए, माओवादीका रूपमा मारिएका नेपालीकै सन्तान थिए ।