‘नेपाली बिजुली भारतको बाटो हुँदै बङ्गलादेशसम्म’
काठमाडौं । केही समय अघि मात्रै भारतले जारी गरेको अन्तर्देशीय विद्युत् आयात-निर्यात सम्बन्धी एउटा कार्यविधि नेपाल अनुकूल भएको ऊर्जाविज्ञहरुले बताएका छन् । साथै, गत साता भारतीय विदेश सचिवले दिएको अभिव्यक्तिले पनि त्यसको सङ्केत गरेको बताइँदै आएको छ ।
ऊर्जा क्षेत्रकै कतिपय जानकारहरू एकाध नीति र अभिव्यक्तिकै आधारमा नेपाललाई विद्युत् निर्यातमा सहजीकरण गर्न भारत तत्पर भएको ठान्नु निकै हतारो हुने बताउँछन् ।
यसबाट नेपालमा उत्पादित बिजुली बाङ्ग्लादेशसम्म विक्री गर्ने कार्यलाई भारतले सहज बनाइदिने विषय उक्त कार्यविधिमा उल्लेख गरिएको बताइएको छ ।
तर भारतको नयाँ कार्यविधि कसरी कार्यान्वयन हुन्छ भन्ने आधारमा मात्र भारतको भित्री उद्देश्य बुझ्न सकिने केही विज्ञहरूको धारणा छ ।
भारतको नयाँ नीति र त्यहाँका अधिकारीहरूको भनाइबाट भारत सरकार नेपाल-बाङ्ग्लादेश विद्युत् आयात/निर्यातमा सहजीकरण गर्न तत्पर भएको सङ्केत पाइएको ऊर्जा विज्ञ र सरकारी अधिकारीहरूले बताएका छन् ।