मिलिजुली कालिञ्चोक साकोसको ‘थामीचागु’मा सेवा केन्द्र विस्तार
दोलखा । दोलखास्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा सहज र नजिक बनाउनको लागि बिगु गा.पा. वडा नं. ८ थामीचागु दोलखामा आठौ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सेवा स्थापना गर्दै संस्थाको सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउनको लागि स्त्रीरोग परिक्षण शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा १३१ जना ब्यक्तिहरुले स्वास्थ्य परिक्षण गराई लाभ लिएका थिए ।
सेवाकेन्द्र र स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बिगु गाउँपालीकाका उपाध्यक्ष सन्जीव ओलीको प्रमुख आतित्थ्यता भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का सञ्चालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव श्री जिवसराज खड्काको बिशेष आतित्थ्यता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री नारायणबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
सेवा स्थापना गर्दै संस्थाको सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउनको लागि स्त्रीरोग परिक्षण शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा १३१ जना ब्यक्तिहरुले स्वास्थ्य परिक्षण गराई लाभ लिएका थिए ।
संस्थाले ग्रामीण भेगमा सेवा दिनको लागि सेवा केन्द्र स्थापना गरीदिएको र स्त्रीरोग परिक्षण गराई स्थानिय महिलाहरुलाई रोग बाट जोगिन सचेत गराई उपचार गराईदिएकोमा खुसि ब्यक्त गर्दै अतिथि लगाएत संस्थाबाट सहभागिहरुलाई स्थानियबासीले स्वागत गित र नृत्य सहित भब्य स्वागत गर्नुभएको थियो ।
स्थानीयको तर्फबाट कुमारी थामीले संस्थाले सेवाकेन्द्र सञ्चालन गरेर बचत गर्ने बानीका बिकासको साथै बिप्रेषण सेवा, बिद्युत् बिल भुक्तानी सेवा लगाएतका आर्थिक कारोवारमा सहजता ल्याईदिएकोमा धन्यबाद ब्यक्त गर्दै संस्थाको उत्तोरउत्तर प्रगतीको कामना सहित आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बिशेष अतिथि नेफ्स्कुनका संचालक सदस्य जिबशराज खड्काले संस्थाले यस क्षेत्रमा सेवाकेन्द्र बिस्तार गरेकोमा खुशि ब्यक्त गर्दै सदस्यहरुको विकासको लागि संस्था सदैव अगाडि बढिरहने छ र यो संस्था दिगो र भरपर्दो रहेकोले सबै समुदायलाई संस्थामा आबद्ध हुनको लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बिगु गा.पा.को उपाध्यक्षसञ्जीब ओलीले सहकारी सँग समन्वय गरेर यहाँको समुदायको बिकासको लागि अगि बढ्ने प्रतिबद्धता व्यक्त सहित अब बिरामी पर्दा र समस्या हुँदा अन्यन्त्र धाउँनु पर्ने कुराको अन्त्य भएको र यसको समाधान गर्न मिलिजुली कालिञ्चोक साकोसले मद्धत पु¥याउने धारणा राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले सञ्चालन गर्नु भएको थियो भने उपस्थित सम्पुर्णलाई संस्थाका सञ्चालक समिति सदस्य श्री कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।