२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

परोपकार महिला साकोसकोे दोस्रो वित्तीय साक्षरता तथा सदस्यता शीविर कार्यक्रम सम्पन्न


दोलखा । चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको दोस्रो वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिवीर कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. २ मा आज सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संस्थाका २५ जना सदस्यहरुको उत्साहजनक सहभागीता रहेको थियो । आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरतामार्फत आम्दानी, खर्च, बचत, बजेटको निर्धारण र परिचालन तथा बिमाको महत्व, विप्रेषण सेवा लगायतका विषमा जानकारी गराउने उद्देश्यले सञ्चालित उक्त कार्यकमको सहजीकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीले संस्थाले आफ्नो दैनिक जीवनमा यस किसिमको शिक्षाले ठूलो महत्व राख्ने र अबका दिनमा सोही अनुरुप आम्दानी खर्चको बजेट बनाएर मात्र अघि बढ्ने तथा बिमा र विप्रेषण लगायतका शिक्षा र सहभागीता पनि अत्यन्त महत्वपूर्ण रहेको कुराहरु राख्दै संस्थाले यस किसिमको कार्यक्रम राखेकोमा खुशीव्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाको सञ्चालक समितिका सदस्य, शिक्षा उप–समिति संयोजक तथा अन्य उप–समितिका सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी ऋणउप–समिति सदस्य शान्ति नेपालले गर्नुृ भएको थियो ।


संस्थाले यस अघि मिति २०७७ चैत्र ११ गते भीमेश्वर नगरपालिकावडा नं. ३ चरिघ्याङ्गमा पहिलो वित्तीय साक्षारता तथा सदस्य शिक्षा शिवीर कार्यक्रम सम्पन्न गरी सकेको छ । यो कार्यक्रम संस्थाको कार्यक्षेत्रका प्रत्येक वडामा विभिन्न मितिमा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि