परोपकार महिला साकोसको पाँचौ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
दोलखा । चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुलाई वित्तीय ज्ञान दिने उद्देश्यले वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम सञ्चालन गरिरहेको छ । साकोसले पाँचौ चरणसम्मको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
साकोसले पाचौँ चरणको वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. ५, बिसुन्टोलमा शनिबार सम्पन्न गरेको छ । आफ्ना सदस्यहरुलाई आम्दानी, खर्च, बचत, ऋण, बीमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाका ३० जना सदस्यको उत्साहपूणर् सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र सचिव अप्सरा चौलागाईले गर्नु भएको थियो । कार्यक्रम पश्चात् सहभागीले यस किसिमका ज्ञानले आफ्नो दैनिक जिवनमा ठूलो महत्व रहने र आगामी दिनमा वित्तीय लक्ष्य तय गरि सोही अनुरूप अगाडि बढ्दा आनावश्य चुहावटका खर्चमा कमी हुने रहेछ भनी संस्थाले यो कार्यक्रममा सो स्थान छनौट गरेकोमा खुशी व्यक्त गरेका थिए ।
उपस्थित सहभागी मध्ये संस्थाको सदस्यता नलिनु भएका सम्पूणर्लाई नयाँ सदस्यता वितरण गरिएको बताइएको छ । नयाँ सदस्यता वितरण गर्ने कार्य संस्थाले प्रत्येक चरणको कार्यक्रममा गर्दै आएको छ । कार्यक्रममा शिक्षा उप-समिति संयोजक सुनिता पोखरेल, सञ्चालक सदस्य मन्दिरा घिमिरे, लेखा सुपरिवेक्षण समिति सदस्य सावित्री खड्का, कर्मचारी चण्डीका घिमिरे र देवकी बस्नेतको सहभागीता रहेको थियो ।