२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्रीको मोति महोत्सवमा ‘शब्द सारथी’ को उपाधि


काभ्रे । साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्रीको बनेपामा एक कार्यक्रम कार्यक्रम गरी मोति महोत्सव मनाइएको छ । साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री ६० वर्ष उमेर पुगेको अवसरमा ‘मोति महोत्सव’ मनाइएको हो ।
कार्यक्रममा ६० वटा भन्दा बढी संस्थाले अभिवन्दनापत्र तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, काठमाडौं विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. भोला थापा, आयोजक समितिका संयोजक तथा भ्रष्टाचार विरोधी अभियान्ता भरत जङ्गम लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिको आयोजनामा भएको कार्यक्रममा मञ्जुश्रीलाई प्रमुख अतिथि काठमाडांै विश्वविद्यालयका उपकूलपति प्रा.डा. भोला थापाले ६ फिटको ताम्रापत्रद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष समाजसेवी भरत जंगमले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्रीका विषयमा लेखिएका लेखहरूको सङ्ग्रह ‘शब्दकलाका नायक’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो ।

साहित्यकार तथा भाषासेवी मञ्जुश्रीलाई सोही अभिनन्दन समारोहमा ‘शब्द सारथी’ पदबाट समेत भव्यरुपमा सम्मान गरिएको थियो ।
मञ्जुश्रीले एक अनुदित पुस्तक, एक टेलिचलचित्र, रेडियो नाटक तीन, मौलिक पुस्तक लेखन ३२, पुस्तक सम्पादन ९२ र १५ सयभन्दा बढी फुटकर प्रकाशनहरुसँगै डेढसयभन्दा बढी पुस्तकहरुमा मन्तव्य, २ सयभन्दा बढी पुस्तकमा प्रकाशकीय लेखिसकेका छन् ।
सोही अवसरमा अभिवन्दना हस्तान्तरण गर्नेहरुले अब एउटा पाटोमा हरि मञ्जुश्री र अर्को पाटो शब्दयात्रा प्रकाशन रहेको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि