४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

सामाजिक कार्य गर्दै आयाम साकोसले मनायो १२ औं स्थापना दिवस


काभ्रे । आयाम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायीत्व वहन गर्दै पलान्चोक भगवति मन्दिर सरसफाई कार्यक्रमको आयोजना गरेको थियो । मन्दिर ब्यवस्थापन समितिका सदस्य सोमबहादुर उदासलाई संस्थाका सचिव डम्बरबहादुर लम्सालले डस्बीन लगायतका सरसफाई सामाग्रीहरु हस्तानतरण गर्नुभएकोे थियो ।
सरसफाई सामाग्रीहरु हस्तानतरण गर्दे साकोसका सचिव डम्बर ब. लम्सालले संस्थाले प्रदान गरेका सामाग्रीहरुको सही सदुपयोग गरिदिनुहुन अनुुरोध समेत गर्नुभएको थियो । सरसफाई कार्यक्रममा संचालक समिति, लेखा तथा शुपरिवेक्षण समिति लगायतका अन्य उप-समितिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका संचालक समिति, उप-समिति र शेयर सदस्यहरुको उल्लेख्य सहभागीताका कारण संस्थाले आर्थिक, सामाजिक र साँस्कृतीक क्षेत्रहरुमा योगदान गर्न सफल भएकोे सचिव लम्साललेे बताउनुभयो ।
त्यसैगरि मुख्य कार्यालय बनेपा लगायतका पाँचखाल र नमोबुद्ध सेवा कार्यालयहरुमा दिप प्रज्वलन गरिएको थियो । त्यसैगरि संस्थाका अध्यक्ष नवराज घोरसाइनेले मुख्य कार्यालय बनेपा पाँचखाल सेवा कार्यालय समाजकल्याण र नमोबुद्ध सेवा कार्यालय भकुण्डेवेशीबाट जम्मा ४,०००।०० हाराहारीमा सदस्यहरु आबद्ध भई कारोबार गरिरहनुभएको जानकारी गराउनु भएको थियो । २ वटा सेवा केन्द्र रहेकोे संस्थाले १५ करोड बराबरको कुल कारोबार गर्दै आइरहेको छ । आगामी आर्थिक वर्षमा २ सेवा केन्द्र थप गर्ने उदेश्य रहेको अध्यक्ष घोरसाइनेले बताउनुभयो ।

संस्थाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सँग सहकार्य गरेर कृषि तथा साना ब्यवसायको लागि न्युनतम ब्याजदरमा सदस्यहरुलाई ऋण लगानी गर्दे आएको छ । काभ्रे जिल्ला कृषीको पकड जिल्ला भएको हुनाले गाई तथा भैंसि खरिद गर्नको लागि न्युनतम ब्याजदरमा कर्जा लगानी गर्दे आइरहेको छ । त्यसैगरि अन्य साना तथा मझौला ब्यवसाय स्तरोउन्नतीको लागि पनि संस्थाले लगानी गर्दे आइरहेको छ । आयाम साकोसमा आवद्ध हुने शेयर सदस्यहरुले विभिन्न शिर्षकहरुमा राहत पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि