काभ्रेमा शुक्रबार ७० जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त
बनेपा । काभ्रेमा शुक्रबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार शुक्रबार पनौती नगरपालिकाबाट धेरै संक्रमित थपिएका छन् ।
शुक्रबार थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १० जना महिला र ६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र ८ जना पुरुष, पनौती नगरपालिकाबाट २० जना महिला र ९ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट २ जना पुरुष र बेथानचोक गाउँपालिकाबाट २ जना पुरुष रहेका छन् ।
जिल्लामा शुक्रबार १६ जना संक्रमणमुक्त भएका छन् ।