कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी थारुले दिइन विपदमा प्रयोग गर्न आफ्नो सवारी
बाँके । कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी थारुले आफुले प्रयोग गरिरहेको भे २ झ २३१ नम्बरको सरकारी गाडी नगरमा बिपदको समयमा नगरबासी र स्वास्थकर्मीहरुको सहजताका लागि नगरपालिकाको स्वास्थ्य शाखालाई जिम्मा लगाएको मिडिया क्लब नेपाललाई बताउनुभएको छ ।
चिकित्सकीय परामर्श सेवालाइ प्रभावकारी बनाउन एम्बुलेन्स सेवा, स्वास्थ्य सामाग्री ओसारपसार लगायत महामारी विरुद्धको लडाइमा उपयोग गर्न स्वास्थ्यका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।
अहिले देशका विभिन्न स्थानीय तहले आफूले चढ्ने सवारी साधन विपदमा प्रयोग गर्न दिने घोषणा गरेका समाचारहरु बाहिर आएका छन् ।
यसै गरी सबै स्थानीय तहले यो अभियान चलाए सहज र सर्वसुलभ सेवा पाउने थिए । सन्जुकुमारी थारुको जस्तै सिको देशैभरका स्थानीय तहले गरे कसो होला ?