‘अक्सिजनमा सुरक्षा निकायको कडा निगरानी हुँदा पनि अभाव’
काठमाडौं । विगतमा केही समयमात्र अक्सिजन उत्पादन गर्ने कम्पनीहरु यतिबेला २४ घन्टा नै सञ्चालनमा छन् । उत्पादन गर्ने कम्पनीहरुको गेटदेखि अक्सिजन भर्ने ठाउँसम्म २४ घन्टा नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था छ । कडा सुरक्षासहित नियमित अक्सिजन उत्पादन हुँदा पनि कसरी अभाव भयो अक्सिजने ?
अस्पतालहरु अक्सिजन नपाएर विरामी भर्ना लिन छाडेका छन् । भएका विरामीहरुलाई पनि अस्पतालबाट जान भन्न थालेका सकेका छन् । सरकारले अक्सिजनको कोटा तोकेपछि विरामीको चाप थेग्न नसक्ने अवस्थामा अस्पतालहरु पुगेका छन् ।
सरकारले अक्सिजन सिलिन्डर खोज्ने र भर्दा अस्पतालहरुका लागि कोटा नै तोकेको छ । प्रत्येक पटक अक्सिजन आपूर्ति गर्दा गृह मन्त्रालयबाट खटिएकाहरुको निगरानी हुने गरेको छ । यसले पनि पहुँच र प्रभाव हुनेहरुले मात्र अक्सिजन पाउने अवस्था बन्न थालेको छ ।
पहुँच र प्रभाव नभएका सर्वसाधारणले अक्सिजन पाउने सम्भावना कम भएपछि अस्पताल झन् खतरनाक बनेको छ । डाक्टरहरु नै विरामीलाई घरमै कोरोनाविरुद्ध संघर्ष गर्न सुझाव दिन थालेका छन् ।
पहुँचवालाको लाभको लागि अक्सिजन भण्डारण गरिएको हुनसक्ने विशेष श्रोतले बताएको छ ।
पहुँच र प्रभावको भरमा अक्सिजन भर्ने अवस्था निर्माण गर्न थालिएको विशेष समाचार श्रोतले मिडिया क्लब नेपाललाई बताएको छ । निजी अस्पतालहरुले अक्सिजन आवश्यकताभन्दा निकै कम पाउन थालेका छन् । सरकारी अस्पतालमा अक्सिजन त छ तर त्यहाँ पहुँचवालाले मात्र भर्ना र शैया पाउने अवस्था बनेको छ ।