१९ मंसिर २०८१, बुधबार / Wed Dec 4, 2024

‘नेपाललाई चीनले दियो हावाबाट अक्सिजन तान्ने नयाँ मेशिन’


काठमाडौं । नेपालमा बढ्दो कोरोना संक्रमणलाई रोकथाम गर्न र नेपाली जनताको स्वास्थ्य उपचारमा सघाउन मित्रराष्ट्र चीनले अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
चीनको राजधानी बेइजिङ पुगेर नेपाल वायुसेवा निगमको विमानले हिजो दिउँसो ४ सय थान अक्सिजन सिलिण्डर,१ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर मेशिन र १० थान भेण्टिलेटर काठमाडौं ल्याएको हो ।
समानुपातिक वितरण गर्ने भनिए पनि ती सामान क-कसलाई कति दिने भन्ने निधो नभएर आजसम्म वितरण गरिएको छैन ।
अक्सिजन कन्सन्ट्रेटर मेशिनलाई अन गरेपछि हावामा रहेको अक्सिजन तानेर बिरामीलाई सोझै उपलब्ध गराउन सकिन्छ ।
विद्युतमा तार जोडेपछि मेशिनले नजिकैको हावामा रहेको अक्सिजन तानेर मेशिनमा शुद्धता गर्ने र तत्काल बिरामीले प्रयोग गर्न मिल्ने हो । तर,यो मेशिनको प्रयोग सिकिस्त बिरामीको हकमा भने गर्न हुँदैन ।
विशेषज्ञहरूका अनुसार सामान्य अक्सिजन लेभल घटेका सामान्य बिरामीलाई भने यो उपयोगी हुन्छ । यसले सामान्य बिरामीलाई अक्सिजन सिलिण्डर प्रयोग गर्न नपर्ने भएपछि ती सिलिण्डर सिकिस्तलाई उपयोग गर्न सहज हुन्छ ।
स्रोतका अनुसार वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोभिड अस्पताल बनाउन लागिएको छ । काठमाडौंको संक्रमणदरलाई ध्यानमा राखेर सम्भवतः धेरै वटा भेण्टिेलेटर र अक्सिजन कन्सन्ट्रेटर त्यहिँ प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि