भारतीय दूतावासमा महन्थ ठाकुर र राजेन्द्र महतो
काठमाडौं । जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ फेर भारतीय दूतावास छिरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि निरन्तर हुने निश्चित प्राय भएपछि ठाकुर र महतो दूतावास छिरेका हुन् ।
आफ्ना १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेर उनीहरु बिहीबार साँझ दूतावास छिरेको एक स्रोतले जानकारी दियो ।
नयाँ सरकारमा केही मन्त्रीको आश्वासन ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओली पक्षबाट पाएको पनि स्रोतले जानकारी दिएको छ ।