‘अध्यादेश बजेटमा चुनावी राजनीतिक गन्ध’
काठमाडौं । अर्थशास्त्री चन्द्रमणि अधिकारीले हालै सरकारले ल्याएको अध्यादेश बजेटमा चुनावी राजनीतिको गन्ध देखा परेको बताएका छन् । त्यसका साथै बजेटले वित्तीय अनुशासन समेत कायम गर्न नसकेको उनी बताउँछन् ।
अर्थशास्त्री अधिकारीले यसो भनेका छन् :
करिब साढे १६ खर्बको बजेट आयो तर स्रोतले भ्याउने देखिएन । त्यसमा करिब पाँच खर्ब ऋण भनेर राखियो । त्यसको स्रोत जुट्ने देखिएन । अलि लोकप्रिय कार्यक्रम ल्याउन खोज्दा आकार ठूलो भयो र समग्रमा यसले वित्तीय अनुशासन राखेको देखिएन । यसलाई कार्यान्वयन गर्न गाह्रो हुने देखिन्छ ।
अधिकारीले अध्यादेशबाट पूणर् बजेट प्रस्तुत गरेर सरकारले आफ्नो ‘कामचलाउ हैसियतलाई बिर्सिएको’ जस्तो देखिएको पनि बताए ।