कोभिडको नक्कली औषधि बेच्ने ३५० जना पक्राउ
भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ ।
ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ ।
सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो ।
प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले बीबीसीलाई यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताए ।
(एजेन्सी)