धुलिखेल नगरपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई किरिया खर्च दिने
काभ्रे । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने निणर्य गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च वापत १५ हजार रुपौयाँ दिने निणर्य नगरपालिकाल गरेको नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले बताए ।
संक्रमणबाट मृत्यु भएकाका, संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भन्नका लागि नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित संक्रमितका घरमा जाने पनि गर्दै आएका छन् ।