२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

मण्डनदेउपुर नगरपालिका ‘टालटुले विकास’मा अगाडि


काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकास्थित कुन्ताबेशी-नयाँगाउँ-नगरकोट सडक खण्डमा कालोपत्रे भाँसिएको र भाँसिएको ठाउँमा सिमेन्टले टालेको विषय अहिले चर्चामा आएको छ ।
कुन्ताबेशी-नयाँगाउँ-नगरकोट सडक खण्डलाई त्यस क्षेत्रबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो सडकका रुपमा हेरिएको छ । यो सडक खण्डलाई अरनिको राजमार्ग र निर्माणाधीन मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा पनि हेरिएको छ ।
पुर्ननिर्माण प्राधिकरणमार्फत एडिबीको सहयोग दुई वर्षअघि सडक स्तरोन्नतिको काम सुरु भएको थियो, ठेक्का पाएको कम्पनीले नाली, ड्रेन, पर्खाल, कलबट र सब-बेस लगायतको काम मापदण्ड अनुरुप निर्माण नगर्दा सडक भाँसिएको हो । गुणस्तरहीन बेस, ग्राभेल प्रयोग निर्माण गरिएकाले सडक भासिँने हुन्छ । बेस, ग्राभेल प्रयोग गर्दा गुणस्तरीय प्रयोग गर्नुपर्ने हुन्छ, तर मण्डनदेउपुर नगरपालिकाका प्रमुखकै संरक्षणमा सञ्चालित खानीहरुबाट गुणस्तरहीन ढुंगा, ग्राभेल, बेस प्रयोग गरी बाटो बनाएकाले यस्तो समस्या आएको स्थानीयहरु बताउँछन् । सडक तथा भवनमा प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर परीक्षण गरिनुपर्छ तर मण्डन देउपुर नगरपालिकामा नगर प्रमुखकै संरक्षणबाट सञ्चालित ढुंगा खानीबाट ल्याइएका सामाग्रीको गुणस्तर परीक्षण नै हुँदैन ।
स्तरोन्ननतिपश्चात संघीय सरकार र मण्डनदेउपुर नगरपालिका तथा प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको समपूरक बजेटमा दुई खण्डमा कालोपत्रेको काम भएको थियो ।
मण्डनदेउपुर नगरपालिकाको ‘टालटुले विकास नीति’का कारण कुन्ताबेशी-नयाँगाउँ-नगरकोट सडक पनि कमसल भएको छ । कुन्ताबेशी-नयाँगाउँ-नगरकोट सडक स्तरोन्नति हुँदा नगरपालिका र पुर्ननिर्माण प्राधिकरण, धुलिखेलको मिलोमत्तोमा कमजोर निर्माण गरिएको स्थानीयले मिडिया क्लब नेपाललाई बताएका छन् ।
सडक कालोपत्रे गरेको केही समयमा नै भाँसिएपछि अहिले कालोपत्रे फुटेको ठाउँमा सिमेन्ट लेपन गरी टालिएको छ । ‘विकासले यो नियती कहिलेसम्म झेल्नुपर्ने हो स्थानीय सरकार ?’ भन्ने धेरै जनगुनासो आएका छन् ।
मण्डनदेउपुर नगरपालिकाको प्रायः विकास निर्माणका कामहरु यस्तै गरी निर्माण भएका छन् ।

कुन्ताबेशी-नयाँगाउँ-नगरकोट सडकको धाइटार खण्डमा यसरी कालोपत्रे गरिएको छ :

मण्डन देउपुर नगरपालिकाको नर्सरी-पौवाटार सडकखण्डको वाल निर्माणमा भएको चरम लापरवाही यस्तो छ :

यो हो मण्डनदेउपुर नगरपालिकाको धाइटार-जिरोकिलो वैकल्पिक सडक । यो सडक खण्डको स्तरोन्नतिका लागि करोडौं बजेट सकिएको छ, तर सडक हालत नाजुक छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि