ओली सरकारको सत्ता साझेदार बन्यो जसपा
काठमाडौं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको सरकारमा सत्ता साझेदार बनेको छ ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो ओली सरकारमा उपप्रधान तथा शहरी विकास मन्त्री बनेका छन् । शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफलपछि जसपा सरकारमा सहभागी हुने टुंगो लागेको थियो ।