नाङशाल एसोशियसन नेपालद्वारा बेथानचोक र खानीखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
काभ्रे । नाङ्शाल एसोशियसन नेपालले काभ्रे बेथानचोक र खानीखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विवल्र्ड अनलसको सहयोगमा नाङ्साल एसोशियसन नेपालले बेथानचोक गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायत कोरोना संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
नाङशाल एसोशियसन नेपालका अध्यक्ष दिनेश लामाले अक्सिजन कन्सन्ट्रेटर २ थान , अक्सिजन सिलिन्डर ५ थान गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनालाई हस्तान्तरण गरेका हुन् ।
खानीखोला गाउँपालिका वडा नं. ७ मिल्चेमा आईसोलेसन केन्द्र सञ्चालन गर्न १० थान वेड र ५ थान अक्सिजन सिलिन्डर पनि प्रदान गरिएको छ । मिल्चेका वडा अध्यक्ष क्षेत्र ग्यावालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक गुणराज मोक्तान, कार्यक्रम संयोजक राजन पौडेल, नेपाली काँग्रेस बेथानचोकका कोभिड अनुगमन संयोजक गोविन्द अधिकारी एवं रेडियो गौरवका स्टेसन म्यानेजर महेन्द्र थिङ लगायतको उपस्थिति थियो ।