सरकारको प्रवक्ताको जिम्मेवारी नैनकला थापालाई
काठमाडौं । मन्त्रिपरिषद्ले पूणर्ता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरिएको छ ।
विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो । सरकारका औपचारिक निणर्य सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीको काम-कर्तव्य अधिकारका बिषयमा पनि सबै नवनियुक्त मन्त्रीलाइ जानकारी गराएका छन् ।