७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

काभ्रेपलाञ्चोक जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा


काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निणर्य गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।
काभ्रे जिल्लामा २०७८ बैशाख १९ गते राति १२ बजे आईतबारबाट निषेधाज्ञा सुरु भएको थियो । पहिलो पटक ७ दिनका लागि बैशाख २५ गते रातिसम्म जारी भएको थियो । दोश्रो पटक बैशाख २५ गते राति देखि जेठ २ गतेसम्म, तेश्रो पटक जेठ ३ गते देखि राति १२ बजेसम्म, चौथोपटक जेठ १३ देखि २२ गतेसम्म र पाँचौ पटक जेठ २३ गते देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । एक साताका लागि जारी गरिएको निशेधाज्ञामा विहान ६ बजेदेखि विहान १० बजेसम्म खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु खुल्नेछन् । विहान ११ः३० बजे देखि दिउसो ४ बजेसम्म पुस्तक पसल खुल्न पाउने उल्ले गरिएको छ । त्यस्तै दिउसो ३ बजे देखि साँझ ७ सम्म निर्माण क्षेत्रमा उपयोग हुने पसलहरु खुल्नेछन् । त्यस्तै बैक तथा वित्तिय संस्थाहरुमा पनि फरक फरक समय तोकिएका छन् । बैकहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न खुल्ला गरिएको छ भने सहकारीहरु हरेक आईतबार र विहिबार दुई दिन मात्र खुल्ला हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि