‘सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीमा आएको बाढिले बितण्डा मच्चायो’
मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा अबिरल वर्षाका कारण आएको बाढीले बितण्डा मच्चाएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजार बगरमा परिणत गरिदिएको छ ।
मेलम्चीमा आएको बाढीले ज्यामिरे जाने झोलुंगे पुल, फनसिटि पार्क, निर्माण भईरहेको कवड हल र आमा ह्योल्मो बसपार्क बगाइसकेको छ । त्यस्तै ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट पनि बगाएको छ ।
बाढीबाट ५ जना भन्दा धेरै व्यक्ति बेपत्ता भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको प्रहरीले बताएको छ ।
अहिले पनि निरन्तर वर्षा भईरहेकोले उद्दार तथा खोजीमा समेत समस्या भईरहेको प्रशासनले जनाएको छ । क्षति सम्बन्धी बिस्तृत विवरण आउन बाँकी रहेको छ ।