१० मंसिर २०८१, सोमबार / Mon Nov 25, 2024

बेथानचोक गाउँपालिकाको बजेट ५२ करोड ५१ लाख


बेथानचोक । बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौं गाउँसभामा गाउँपालिकालका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नीति कार्यक्रम र उपाध्यक्ष सरिता लामिच्छानेले आगामी बर्षको बजेट पेश गरेकी थिइन् ।
बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख ४२ हजार ५५१ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाले भौगोलिकता, जनसंख्या लगायतलाई प्राथमिकता दिएर बजेट पेश गरेको जनाएको छ । गाउँपालिकाले वडा न १ मा ६० लाख, वडा न २ र ३ लाख ७०/७० लाख, वडा नं. ४ लाई एक करोड ४५ लाख, वडा न ५ मा ७५ लाख र वडा न ६ मा ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै शिक्षामा एक करोड २० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालाई ४० लाख, पशुपक्षी सेवा शाखामा ८५ लाख, खेलकुद शाखा २० लाख, स्वास्थ्य शाखामा एक करोड २० लाख, कृषि शाखामा एक करोड, प्रधानमन्त्री रोजगार कार्यक्रममा १० लाख, न्यायिक समिति २० लाख लगायतमा बजेट विनियोजन भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि