‘असार १५ गतेबाट जोरबिजोर प्रणालीमा सार्वजनिक बस चल्ने’
काठमाडौं । असार १५ गतेबाट उपत्यकामा सार्वजनिक बस पुनः सञ्चालनमा आउने भएको छ । सरकारले जोर बिजोर प्रणालीमा बसहरु चल्न दिने निणर्य गरेपछि यात्रुवाहक सार्वजनिक बस सञ्चालनमा आउने भएको हो ।
स्वास्थ्य शतर्कता कायम राखेर २५ सिटभन्दा माथिका बसहरु जोर बिजोरमा सञ्चालन गर्न दिने निणर्य भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।
सरकारले १६ वैशाखबाट निषेधाज्ञा जारी गरेकोमा ८ असारबाट खुकुलो गर्दै लगेको छ । १५ असारबाट जोरबिजोरमा सार्वजनिक बस समेत चल्न दिने भएको हो ।