‘२४ घण्टाका २४ समाचारहरु’
१. धान दिवस तथा असार १५ : कोरोनाको त्रासले बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बन्यो
२. माओवादीले कारबाही गरेका मेयरहरूलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश
३. संवैधानिक इजलासको सुनुवाइ जारी, सरकारी पक्षको सयम ७ घण्टा ५५ मिनेट बाँकी
४. संवैधानिक इजलासमा सरकारी वकिलको जिकिर – फरक पार्टीको नेतालाई समर्थन गर्ने छुट दिए मुलुक अस्थिरतामा जान्छ
५. प्रतिनीधि सभाका सभामुख अग्निप्रसाद सापकोटा भन्छन् : संसदको अधिकार प्रधानमन्त्रीबाट अपहरण, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भयो
६. असारे विकास गर्न सक्रिय सरकार, दैनिक औसत २ अर्ब खर्चिदै
७. संवैधानिक इजलासमा प्रधानन्यायाधीशको प्रश्न : विश्वासको मतको परिणाम संसद्मार्फत जाने होइन ? छलेर जान मिल्छ ?
८. त्रिभुवन विश्वविद्यालयमा एमफिल र पीएचडी निःशुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन
९. अमेरिकी दूतावास काठमाडौंले भिसा प्रक्रियालाई स्वास्थ्य सुरक्षासहित अघि बढाउने
१०. जसपा विवाद : दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो
११. खुल्लामञ्चको बसपार्क हटाइने, काठमाडौं उपत्यकामा ‘पिक एन्ड ड्रप’ प्रणालीमा सवारी साधन चल्न पाउने
१२. महाराजगञ्जस्थित बालमैत्री अस्पतालको भवनमा आगलागी, ४ मजदूर घाइते
१३. गण्डकी प्रदेश सरकारको बेथिति : १० दिनमै सक्ने भन्दै रेडबुकमै नभएका १३० नयाँ योजनामा १६ करोड विनियोजन
१४. ओलीले डाके महाधिवेशन आयोजक कमिटी बैठक, खनाल-नेपालसहित कारबाहीमा परेका नेतालाई बोलाइएन
१५. प्रस्तावित फास्ट ट्रयाकमा खोकनावासीले रोपाईं गरे
१६.बजेट छलफलमा विवाद भएपछि प्रदेश २ को प्रदेशसभा बैठक ८ दिनलाई स्थगित
आर्थिक समाचार
१७. नेपालमा ५ वर्षमा १ खर्ब २० अर्बको चामल आयात, स्वदेशी उत्पादन अझै बढ्न सकेन
१८. प्रदेश १ सरकारमा बेथिति ः तीन वर्षको अवधिमा एक अर्ब बढीका गाडी खरिद
१९. सेयर बजारमा ४७ अंकको गिरावट, सबै समूह घट्दा लघुवित्त भने बढ्यो
स्वास्थ्य समाचार
२०. काठमाडौं महानगरमा कोरोना संक्रमणदर घट्दै
२१. मापसे गरेर वार्तामा बसेका बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कार्यकक्षमै थुनियो
खेल समाचार
२२. युरो २०२०ः फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्यान्ड पहिलो पटक क्वार्टरफाइनलमा
२३. युरो २०२० : बाहिरियो साविक विजेता पोर्चुगल
अन्र्तराष्ट्रिय समाचार
२४. कोरोनाबाट साउदी अरेबियामा कार्यरत १ सय ८ जना नेपालीको मृत्यु