१० मंसिर २०८१, सोमबार / Mon Nov 25, 2024

आज दिनभर चट्याङसहित अति भारी बर्षाको सम्भावना


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूणर् बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्य देखि पूणर् बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज राति देशभर सामान्यदेखि पूणर् बदली रहने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै, प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी भारी वर्षा र एक दुइ स्थानमा अति भारी बर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि