‘कोरोना भाइरस संक्रमणबाट बालबालिका निकै कम जोखिममा’

काठमाडौं । कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ ।
इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएका छन् । एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ । त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो ।
स्वास्थ्यसम्बन्धी विभिन्न जोखिममा रहेका अवस्थामा समेत हाल १८ वर्ष मुनिका बालबालिकालाई नियमित कोभिड खोप दिइएको छैन ।