५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

परोपकार महिला साकोसद्धारा स्थापना दिवसमा खाद्यान्न सहयोग


दोलखा । दोलखाको चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको वार्षिकोत्सवको अवसरमा छात्राबासका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
संस्था दशौं वर्ष पूरा भई ११ औं वर्षमा प्रवेश गरेको अवसरमा भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित आमाको माया छात्राबासका लागि खाद्यान्न सहयोग गरिएको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले बताउनुभयो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


संस्था ११ औँ वर्षमा प्रवेश गर्दा १७५६ जना शेयर सदस्य आबद्ध छन् । साथै ३६१ जना बाल बचतकर्ता आबद्व रहेका छन् ।
संस्थाको कूल पूँजी १२ करोड ३४ लाख २२ हजार १ सय पौंतिस पुगेको छ । संस्थाले यस अवधिमा सदस्यहरूलाई बचत ऋणको अलवा विभिन्न सीपमूलक र सामाजिक कार्य गर्दै आएको छ । संस्थाले नेफ्सकुनबाट सञ्चालित जोखिममा आधारि साकोस सुपरिवेक्षण (CURBS) कार्यक्रममा सम्झौता गरि ब्राण्ड प्राप्त गर्न आफ्ना सूचकहरूलाई पूरा गराउदै लाने प्रयास गरिरहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि