२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

शनिबार २,६२४ जनामा कोरोनाभाइरस संक्रमण, २० को मृत्यु


काठमाडौं । नेपालमा शनिबार थप २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा संक्रमितको कुल संख्या आठ लाख पाँच हजार नाघेको छ भने मृतकको संख्या १०,२५९ पुगेको छ ।
गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका ४७७ जना तुलनात्मक रूपमा सबभन्दा बढी संख्यामा संक्रमित बनेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
संक्रमित हुने दोस्रो ठूलो संख्याको उमेर समूह ३१ देखि ४० को रहेको छ। उनीहरूको संख्या ४५१ रहेको छ । शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,५७३ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ४,९०६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३२० जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये ३६,००० भन्दा बढी घरमा तथा ३,४०० भन्दा बढी संस्थागत आइसोलेशनमा छन् ।
अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि