काभ्रेका स्थानीय तह : सबैभन्दा कम बेरुजु गर्ने ‘महाभारत’, सबैभन्दा बढि गर्ने ‘तेमाल’
काभ्रे । महालेखा परीक्षकको कार्यालयले शनिबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष ०७६/७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार रहेको छ ।
काभ्रेका स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु महाभारत गाउँपालिकामा रेहेको छ । त्यस्तै नगरपालिकाहरुमध्ये पाँचखाल नगरपालिकामा सबैभन्दा कम बेरुजु रहेको छ ।
महालेखा प्रस्तुत गरेको वित्तिय प्रतिवेदन, २०७८ अनुसार महाभारत गाउँपालिकाको बेरुजु ०.४३ प्रतिशत र पाँचखालमा बजेटको ०.८६ प्रतिशत बेरुजु देखिएको छ ।
प्रतिवेदन अनुसार सबैभन्दा बढि बेरुजु तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा देखिएको छ । मण्डनदेउपुर नगरपालिकामा बजेटको ५.४६ प्रतिशत र गाउँपालिकामा तेमाल गाउँपालिकामा बजेटको ९.७० प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा ०.९९ प्रतिशत, बनेपा नगरपालिकामा २.२८ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २.८३ प्रतिशत तथा पनौती नगरपालिकामा ३.६२ प्रतिशत बेरुजु देखिएको छ ।
गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १.८८ प्रतिशत, खानीखोला गाउँपालिकामा ३.३१ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा ५.२४ प्रतिशत, भुम्लु गाउँपालिकामा ६.१२, बेथानचोक गाउँपालिकामा ७.९७ प्रतिशत बेरुजु देखिएको छ ।