१६ मंसिर २०८२, सोमबार / Mon Dec 1, 2025

राष्ट्रपति भण्डारीले ‘एमाले एकता’ गर्न गरेको प्रयास पनि विफल (हेर्नुहोस विस्तृतमा)


काठमाडौं । निर्वाचन आयोगमा सनाखतमा जानुअघि नेताहरूलाई जम्मा पारेका पूर्वप्रधानमन्त्री नेपालले पूर्वप्रधानमन्त्री ओली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न लागेकाले आफूहरूले नयाँ दल गठन गरेको बताएका थिए ।
हिजो चन्द्रागिरि रिसोर्टमा जानुअघि नेता नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा छलफल गरेको विवरण आएका छन् ।
त्यसमा भएका विस्तृत कुराकानीहरू बाहिर नआए पनि एमालेको एकतामा केन्द्रित रहेर छलफल भएको बुझिन्छ ।
राष्ट्रपति बन्नुअघि भण्डारी एमालेकी उपाध्यक्ष थिइन् । नेपालपक्षीय एक नेताका अनुसार राष्ट्रपतिसँगको भेटमा नेपालले आफू एकताविरोधी नरहेको बताएका थिए ।
सोमवार मात्रै विगतमा नेपाल समूहमा रहेका दोस्रो तहमा नेताहरूले आफूहरू नेकपा एमालेमै रहनेगरी सहमति भएको बताएका थिए ।
उनीहरूले विगतमा पार्टी एकताका लागि गठन गरिएको कार्यदलले सहमति कायम गरेको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका छन् ।
त्यो सहमतिको कार्यान्वयनको ढाँचालाई अपराह्न बोलाइएको नेकपा एमालेको स्थायी कमिटीले अनुमोदन गर्ने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
राष्ट्रपतिको एमाले एकता गर्ने प्रयास अन्तिमसम्म गरे पनि उनि विफल भएको विश्लेषणहरु भईरहेका छन् । मध्यमार्गी भूमिकामा रहेर राष्ट्रपति भण्डारीले एमाले फुट्नबाट रोक्ने धेरैको विश्लेषण थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि