२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा, थप कडाइ गरिने


काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप भएको छ । भदौ ८ सम्म जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ ।
पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निणर्य गरेको हो ।
संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको बताइएको छ ।
यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् । मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन । यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि