६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

बुधबार थप २४ सय ८२ जनामा कोरोना भाइरस, ४४ जनाको मृत्यु


नेपालमा थप २,४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ४४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,२९० जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ५,५७९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।
मृतकको तथ्याङ्कमा विगत २४ घण्टा ज्यान जाने व्यक्तिको तथा नेपाली सेनाले केही दिनदेखि अन्तिम संस्कार गरिदिएका शवको संख्या समाविष्ट भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले दिएका छन् ।
मन्त्रालयका अनुसार अहिले कणर्ाली प्रदेशमा सङ्क्रमण पुष्टि हुने दर सबैभन्दा धेरै ४६ प्रतिशत रहेको छ।
नेपालमा संक्रमितको कुल संख्या आठ लाख ३४ हजार नाघेको छ भने मृतकको संख्या १,०६१२ पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,७८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि